Shikhar Insurance

ज्योति विकास बैंकको कामु सीईओको जिम्मेवारी ढकाललाई, कार्यकाल नसकिँदै बाहिरिए भट्ट

सिंहदरबार संवाददाता
२०८० मंसिर ४, सोमबार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । ज्योति विकास बैंकको सीईओबाट श्रीचन्द्र भट्ट बाहिरिएका छन् । २०७७ असार २४ गते सीईओ नियुक्त भएका भट्टले आफ्नो कार्यकाल एक बर्ष भन्दा बढी बाँकी छर्दै राजीनामा दिएर हिडेका हुन् । बैंक सञ्चालक समितिले भट्टको राजीनामा स्वीकृत गर्दै कपिल ढकाललाई कामु सीईओ नियुक्त गरेको छ । चाटर्ड एकाउन्टेन्ट ढकालले बैंकमा बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकले ढकाललाई मंसिर ३ गतेबाट लागु हुने गरि कामु सीईओको जिम्मेवारी दिएको हो । उनले अर्काे निर्णय नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी सम्हाल्नेछन् । स्रोतका अनुसार ढकाललाई नै सीईओ बनाउने तयारी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ढकालले यसअघि एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसबाहेक ढकालले एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्तको समेत अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् । उनले हाम्रो विकास बैंकको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । ढकालसँग ढोलाइटी इण्डिया(बिग४) र आईसीआईसी बैंक इण्डियामा काम गरेको अनुभव पनि छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्