Shikhar Insurance

भूकम्प प्रभावित क्षेत्रमा मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

सिंहदरबार संवाददाता
२०८० मंसिर १३, बुधबार १७:३८
NIMB
Nabil Bank

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।

पालिकाभर विभिन्न सङ्घसंस्थाको सहयोगमा मानसिक समस्या पहिचान भएका तीन सय ३१ मध्ये दुई सय १० महिला रहेका नगरपलिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश गिरीले जानकारी दिए । उनका अनुसार ३० बालबालिका र ९१ पुरुष रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मानसिक समस्या पहिचान भएका सबैलाई नगर अस्पतालमा शिविर आयोजना गरी मनोसामाजिक परामर्श दिनाका साथै औषधि प्रयोग गर्ने अवस्थाका बिरामीलाई औषधिसमेत दिएको गिरीले बताए । अपाङ्गता भएकाहरूलाई पनि शिविरमार्फत सेवा दिइएको थियो ।

अपाङ्गता भएकालाई चिकित्सक, मनोसामाजिक चिकित्सक, फिजियोथेरापिष्ट, स्त्री रोग विशेषज्ञ, नर्स, सिविआर सुुपरभाइजर, कृत्रिम सहायक सामग्री प्राविधिकको समूहले सेवा प्रवाह गरेको सिविआर संयोजक नित्रबहादुर देउजाले जानकारी दिए । शिविरमा सिएमसी नेपाल, सिएमवी ग्लोबल, एनएफडी कर्णाली प्रदेशको प्राविधिक सहयोग रहेको थियो ।

पहिलो पटक मानसिक समस्याको पहिचान भएकालाई शिविरमार्फत सेवा दिइएको हो । मानसिक समस्याको पहिचान गर्ने कार्य तीन महिनासम्म चल्ने भएकाले यसपछि समस्या देखिएका व्यक्ति तथा शिविरमार्फत सेवा लिएकालाई पनि आवश्यक परेमा मनोसामाजिक परापर्श शिविरको आयोजना गरी सेवा दिइने संयोजक गिरीले जानकारी दिए ।मानसिक समस्याको पहिचान गर्न तथा भूकम्पपीडितको पीडा कम गरी आवश्यक सल्लाह सुझाव दिन वडावडामा शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्