Shikhar Insurance

निरन्तर खुम्चिँदै प्रकाश !

प्रकाश वाग्ले
२०८० मंसिर २४, आईतवार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । संसारमा प्रकाशको गति सवै भन्दा तेज हुन्छ तर एक जना प्रकाश छन् जो निरन्तर खुम्चिरहेका छन् । र ति पात्र हुन् अर्थमन्त्री डा. प्रकाश शरण महत । काँग्रेस भित्र शेर बहादुर देउवाको निकट रहेका डा प्रकाशले पटक- पटक आफुलाई फैलाईरहने अवसर पाईरहेका छन तर उनी भने निरन्तर खुम्चिरहेका छन् ।

अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. प्रकाशले यसअघि पनि पटक पटक मन्त्री बन्ने अवसर पाईसकेका थिए । अर्थशास्त्र मै बिशेषज्ञता हासिल गरेका डा. प्रकाशलाई यसपाली देउवा काँग्रेस र सत्तारुढ गठबन्धनले थप फैलिने अवसर दिँदै अर्थमन्त्री बनायो । कहिल्यै आम निर्वाचित नजितेका डा. प्रकाशले आफ्नै बिशेषज्ञता अनुसारको जिम्मेवारी पाउँदा पनि आफ्नो छवि फैलाउन भने सकिरहेका छैनन् बरु उनी निरन्तर खुम्चिँदै गएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सुदुर इतिहास तिर नजाउ, केबल २०७४ पछिका घट्नाक्रम हेरौं । डा. प्रकाशलाई देउवाले काठमाडौं ५ बाट सांसदको उम्मेदवार बनाए । यस अघि लगातार काँग्रेसले जित्दै आएको त्यहाँबाट डा. प्रकाशले चुनाव हारे । २०७९ को चुनावमा तनहुँबाट रातारात काठमाडौं आएका प्रदिप पौडेलले त्यहाँ चुनाव जिते तर त्यहीँ आफ्नो बसोबास रहेका डा. महतले भने जित्न सकेका थिएनन् । २०७९ को निर्वाचनमा डा. प्रकाशले समानुपातिक रोजे र सजिलो बाटोबाट संसद भवन छिरे । त्यो पनि उनका लागि ठूलो फैलावटको अवसर थियो । त्यसपछि डा. प्रकाशलाई देउवाले अर्थमन्त्री बनाएर थप फैलिने अवसर दिए । तर बिडम्बना, डा. प्रकाशले जति जति फैलने अवसर पाए, उनी भने त्यति नै खुम्चिँदै गएका छन् । अझ भनौं, प्रकृतिको नियम भन्दा ठिक विपरिद एउटा प्रकाश निरन्तर खुम्चिरहेको छ ।

त्यसपछि पार्टीकै निर्वाचन हेरौं । उनलाई देउवाले आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवार बनाए तर उनको ऐतिहासिक पराजय भयो । उनले प्रकाशमान सिंहको प्यानलबाट चुनाव जिते । तर सभापति देउवाको प्यालनबाट पनि प्राथमिकता प्राप्त सूचिमा रहेका उनले चुनावमा नमिठो पराजय भोगे । महामन्त्रीमा चुनाव हारेपछि तत्कालिन रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले मन्त्री पदबाटै राजीनामा दिएका थिए । देउवा काँग्रेसले २०७९ को आम निर्वाचनमा डा. रिजाललाई टिकट समेत दिएन् तर डा. प्रकाशले भने समानुपातिकको सूचिबाट सुटुक्क संसद भवनको यात्रा तय गरे ।

उनी सांसद मात्रै भएनन्, काँग्रेसका तर्फबाट राष्ट्रको ढुकुटी सम्हाल्ने अर्थमन्त्रीको कुर्सीमा समेत बस्न अवसर पाए । तर यो अवसरले पनि उनलाई फैलाउन सकिरहेको छैन् । अर्थमन्त्री बनेपछि त उनको खुम्चिने क्रम झन तिब्र गतिमा बढिरहेको छ ।

अर्थमन्त्री बनेपछि थप एक्लिँदै, थप साँघुरिँदै
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशलाई अर्थमन्त्री बनाएपछि उनले काँग्रेस र सत्ता गठबन्धनकै साख जोगाउने अपेक्षा गरिएको थियो । तर नानीदेखि लागेको बानी के छाड्नु भनेझै डा. प्रकाश भने थप एक्लिँदै र साँघुरिँदै गए । उनले बजेटबाट काँग्रेसका आफ्नै सहकार्मीहरुलाई चिढ्याए । गगन–विश्व प्रकाशहरु मात्रै नभएर सुनिल शर्माहरु उनका विरुद्ध खनिनुपर्ने अवस्था बन्यो । उनले बिजनेश कम्युनिटीलाई पूर्णतः आफ्नो विपक्षमा उभिने वातावरण खडा गरे । त्यति मात्रै होइन, सधैँ शान्त र सालिन रहने बैंकरहरु त झन यति कडा रुपमा उपस्थित भएकी डा. प्रकाशकै कारण उनीहरु सरकार विरुद्ध सर्वाेच्च अदालत पुगेका छन् । सर्वाेच्च अदालतको संबैधानिक इजलासमा मुद्धा लडिरहेका छन् ।

निजी क्षेत्रका छाता संगठनहरुले डा. प्रकाशका विरुद्ध प्रधानमन्त्री कहाँ पुगेर आफ्ना गुनासो राख्नुपर्ने अवस्था बन्यो । स्वंय प्रधानमन्त्रीले हस्तक्षेप गरेर निजी क्षेत्रसँग अर्थतन्त्र सुधारबारे छलफल गर्नु पर्यो । डा. प्रकाशले बिच्काएको निजी क्षेत्रसँग प्रधानमन्त्रीले छलफल गर्दा उनै प्रकाश पनि प्रधानमन्त्रीसँग रुष्ट भैदिए जसले गर्दा अहिले प्रधानमन्त्री प्रचण्डले उनको विकल्प खोजिरहेका छन् ।

राष्ट्र बैंक, बीमा प्राधिकरण र धितोपत्र बोर्डसँग छैन समन्वय
डा. प्रकाशले अर्थमन्त्रालय सम्हाल्ने वित्तिकै नेपाल राष्ट्र बैंकका गभर्नरसँगको सम्बन्ध बिगारे । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल धितोपत्र बोर्डका अध्यक्षसँगको सम्बन्ध पनि थप बिगारे । अर्थतन्त्र सुधारका लागि यी निकायहरुले पठाएका एक दर्जन भन्दा बढी फाइलहरु मन्त्रीले पढ्दै नपढी तामेलीमा राखिदिएको आरोप लागिरहेको छ । अर्थतन्त्रमा मनोवैज्ञिक सन्देश दिने तीनवटै निकायका प्रमुखहरुसँगको सम्बन्धले डा. प्रकाशलाई थप खुम्च्याईरहेको छ ।

आफ्नै पनि छैनन् साथमा
कुनै बेला देउवा क्याम्पका हर्ताकर्ता डा. प्रकाश अहिले त्यहाँ पनि कर्नरमा धकेलिँदै छन् । उनले उप सभापति तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्कासँग मञ्च सेयर गर्नै छाडिसकेका छन् । बालकृष्ण खाँण समुहसँग उनको पानी बाराबारको अवस्था छ । देउवा पत्नि तथा काँग्रेस नेतृ डा. आरजु राणासँगको उनको निकटता पनि अहिले तोडिएको बताइन्छ । डा. महतको विकल्प खोज्न देउवा क्याम्पमा पटक पटक छलफल भैसकेको र एउटा निचोड निस्किसकेको स्रोत बताउँछ । अर्थात अहिले डा. प्रकाशको खुम्चिने क्रम दिन दुईगुणा, रात चार गुणाले बढिरहेको छ ।

चुनाव कहाँ लड्ने ? छैन टुंगो
डा. प्रकाशले अर्थम मन्त्री बनेपछि नुवाकोटबाट चुनाव लड्ने सोँच बनाएर अन्यत्र भन्दा केहि बढी बजेट पनि लगेका थिए । तर जिल्लाका कार्यकर्तासँगको रुखो व्यवहार र अर्जुननरसिंह केसीहरुसँगको तिक्ततापूर्ण सम्बन्ध उनलाई नुवाकोट जाने बाटो पनि कठिन बन्दै गएको छ ।

गठबन्धनमा सबै रुष्ट
बजेटबारे सत्ता गठबन्धनमै व्यापक असन्तुष्टि थियो । माओवादी केन्द्रका सांसदहरुले बजेट पास हुनै नदिनेसम्मको अभिव्यक्ति संसदमै दिएका थिए । एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि बजेट पास हुन नदिने आसयको अभिव्यक्ति दिएका थिए । तर शिर्ष नेताहरुको बैठकमा बजेटमा भएका गल्तीकमजोर भविष्यमा सुधार्दै जाने समझदारी बनेको थियो । तर डा. प्रकाशले आफ्नो मनोमानीलाई थप बढावा दिएपछि काँग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच केहि महिना अघि नै अर्थमन्त्री फेर्ने समझदारी बनिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्