Shikhar Insurance

आरबिबि मर्चेन्ट बैंकिङ्गले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १२:४२
NIMB
Nabil Bank

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदको लागि १ /१ जना कर्मचारी माग गरेको हो ।

म्यानेजर पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए पास गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको उम्मेदवारले आवेन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, जुनियर अफिसर पदको लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाएको छ ।

इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको वेवसाइट https://rbbmbl.com.npl/vacancy मार्फत आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्