Shikhar Insurance

२० बाणिज्य बैंकको आधा बर्षको कमाई २९ अर्ब ३४ करोडमै सिमित, वितरणयोग्य नाफा झन निराशाजनक

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले आधा बर्षमा जम्मा २९ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा यीनै बैंकहरुले अघिल्लो आवको सोही अवधीमा आर्जन गरेको भनदा पनि ३ अर्ब ६ करोड अर्थात ९.४४ प्रतिशतले कम हो । यीनै बैंकहरुले गत आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

पुस मसान्तसम्म आईपुग्दा यसपाली अधिकांश बाणिज्य बैंकहरुको नाफा घटेको छ भने वितरण योग्य नाफा निराशाजनक अवस्थामा देखिन्छ । नबिल बैंकले सबै भन्दा धेरै ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ तर यो नाफा पनि उसले गत आवको सोही अवधीमा कमाएको भन्दा २१ करोड रुपैयाँले कम हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालयन बैंकले एक अर्ब ३६ करोड रुपैयाँबाट बढाएर २ अर्ब १६ करोड रुपैयाँ नाफा पुर्याएको भए पनि वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ ।
एभरेष्ट बैंकले आफ्नो नाफा बढाएर एक अर्ब ७१ करोेड रुपैयाँ पुर्याएको छ, अघिल्लो आवको पुस मसान्तमा एक अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो । एभरेष्टको वितरणयोग्य नाफा भने २ अर्ब ४० करोड रुपैयाँ छ ।

सिद्धार्थ बैंकले पुस मसान्तसम्ममा एक अर्ब १३ करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो बर्ष एक अर्ब १६ करोड रुपैयाँ थियो । सिद्धार्थको वितरणयोग्य नाफा भने ३० करोडले ऋणात्मक रहेको छ ।

कृषि विकास बैंकले ६ महिनामा एक अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधीमा १२ करोड रुपैयाँले ऋणात्मक थियो । कृषिले पुस मसान्तसम्ममा ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको देखिन्छ ।

राष्ट्रिय बाणिज्य बैंकले ६ महिनामा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको पुस मसान्तमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । आरबीबीको वितरणयोग्य नाफा ४० करोड रुपैयाँ छ ।

ग्लोबल आईएमई बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ, अघिल्लो आवको सोही अवधीमा बैंकको त्यस्तो नाफा २ अर्ब ७८ करोड रुपैयाँ थियो । ग्लोबलको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक देखिन्छ ।

कुमारी बैंकले चालु आवको पुस मसान्तसम्ममा ८६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । कुमारीको वितरणयोग्य नाफा भने यसपाली ३ अर्ब ७७ करोडले ऋणात्मक रहेको छ ।

एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा एक अर्ब ९० करोड रुपैयाँ नाफा कमाउँदा वितरणयोग्य नाफा ५९ करोडले ऋणात्मक रहेको देखिन्छ । बैैंकले गत आवको पुस मसान्तसम्म्मा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकले ६ महिनामा एक अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो । यसपाली पुस मसान्तसम्म आईपुग्दा बैंकको वितरणयोग्य नाफा ६५ करोड रुपैयाँ पुगेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले पुस मसान्तसम्ममा एक अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ, बैंकले गत आवको सोही अवधीमा एक अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको थियो । एससीबीको वितरणयोग्य नाफा भने एक अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकले पुस मसान्तसम्ममा ७२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । प्रभुको वितरणयोग्य नाफा भने एक अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब २ करोड नाफा जोडेको थियो । माछापुच्छ्रेको वितरण योग्य नाफा भने २४ करोडले ऋणात्मक रहेको छ ।

प्राइम बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाउँदा वितरण योग्य नाफा ६ करोड रुपैयाँमा सिमित भएको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा एक अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एनएमबि बैंकले एक अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनएमबिको वितरणयोग्य नाफा भने ९९ करोड रुपैयाँले ऋणात्मक रहेको देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पुस मसान्तसम्मममा एक अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा एक अर्ब ९५ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

लक्ष्मी सनराइजले ६ महिनामा एक अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा वितरण योग्य नाफा भने ८१ करोड रुपैयाँले ऋणात्मक छ । बैंकले गत आवको पुस मसान्तसम्ममा एक अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।

सिटिजन्स बैंकले चालु आवको पुस मसान्तसम्ममा ७८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैंकले गत आवको सोही अवधीमा ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । सिटिजसन्सको वितरणयोग्य नाफा भने २१ करोड रुपैयाँले ऋणात्मक देखिन्छ ।

नेपाल बैंकले पुस मसान्तसम्ममा ५९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ५६ करोडले ऋणात्मक रहेको छ ।

नेपाल एसबिआई बैंकको नाफा ८४ करोड रुपैयाँ कायम हुँदा वितरणयोग्य नाफा ४९ करोड रुपैयाँ छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्