Shikhar Insurance

सांसद शाहीले भने–पार्टी निर्णय मान्छु, गण्डकी सरकार ढाल्न भोट हाल्छु

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीले पार्टी निर्णय मान्ने र अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । पोखराको चरक अस्पतालमा उपचार गराईरहेका सांसद शाहीले पार्टीको निर्णय आफ्नो पनि सहभागीतामा भएको र सो निर्णय कार्यान्वयनका पक्षमा दृढताका साथ उभिने बताएका हुन् ।

उनले आफु स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएको र बाहिर भ्रमपूर्ण समाचार फैलाईएकोमा दुखेसो पनि पोखेका छन् । आईसीयुबाट विज्ञप्ति जारी गर्दै शाहीले स्वस्थ भएर फर्किएपछि सत्यतथ्य उजागर गर्ने पनि बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छिनोफानो गर्न प्रदेश सभा बैठक डाकिएका बेला उनी एकाएक हराएका थिए । उनको अनुपस्थितिमा गण्डकी सरकार ढल्नबाट जोगिने देखिएको थियो ।

पछि शाहीको चरक अस्पतालमा उपचार भैरहेको फेला परेको थियो । चरक अस्पतालमा एमाले केपी ओली निकट नेताहरूको लगानी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्