Shikhar Insurance

विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौँ : अफगानिस्तान

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १२:३५
NIMB
Nabil Bank

एजेन्सी । अफगानिस्तानको काम चलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताएका छन् । अफगानिस्तानमा भएको क्षेत्रीय सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा मुत्ताकीले उक्त कुरा बताएका हुन ।

उनले विश्व समुदायसँग आफूहरु सकारात्मक सम्बन्ध राख्न चाहेको बताए । अफगानिस्तान क्षेत्रीय सहयोग पहल शिर्षकको सम्मेलन अफगान कार्यवाहक सरकारले आयोजना गरेको थियो । सबै सहभागीहरूले शान्तिपूर्ण र प्रगतिशील अफगानिस्तान क्षेत्रको हितमा जोड दिएका थिए । सम्मेलनमा सहभागी सबैले मध्य एशियालाई दक्षिण एशियासँग जोड्न अफगानिस्तानको भुमिकामा जोड दिएको मुत्ताकीले बताए । ठूला विकास आयोजना कार्यान्वयनमा सहकार्य गर्न सहभागीहरु सहमत भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्