Shikhar Insurance

निर्धन उत्थान लघुवित्तले बोलायो माघ ११ गते साधरण सभा, सेयरधनीलाई लाभांश निदने

सिंहदरबार संवाददाता
२०८० माघ १८, बिहीबार ११:११
NIMB
Nabil Bank

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले फागुन ११ गते शुक्रबार, कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा, नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन् । साथै, सभाले चालु आ.वका लागि लेखापरीक्षक नियुक्त गर्ने र संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभा प्रयोजनको लागि कम्पनीले माघ २९ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार माघ २८ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्