Shikhar Insurance

टर्कीको पर्यटन राजश्व २०२३ मा बढेर ५४.३ बिलियन अमेरिकी डलर

सिंहदरबार संवाददाता
२०८० माघ १८, बिहीबार १२:३८
NIMB
Nabil Bank

एजेन्सी । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराएका हुन् । २०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।

मेहमेत नुरी एरसोय, टर्कीका संस्कृति तथा पर्यटनमन्त्रीले भने, २०२३ मा टर्की रुसी पर्यटकहरुको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो । त्यसपछि जर्मन आगन्तुकहरू रहेको उनले बताए । एरसोयले हाल विशेष गरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ । सन् २०२३ मा ९९ डलर रहेकोमा यस वर्ष प्रतिपर्यटक औसत खर्च १०६ डलर पुग्ने पनि मन्त्रीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्