Shikhar Insurance

अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः १८ खर्बको बजेट सिलिङ तोकियो

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको दावी गरेका छन् । मन्त्री डा. महतले योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले १८ खर्बको बजेट सिलिङ तोकेको जानकारी आफुले पाएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हाम्रो सिस्टम भित्र सिलिङबारे स्वस्थकर छलफल भैरहेको छ । चुनौती र सम्भावनाबारे कुरा भैरहेको छ । प्रधानमन्त्री र हामीले आ आफ्ना कुरा राखिरहेका छौं । योजना आयोगका उपाध्यक्षको नेतृत्वमा स्रोत समिति छ । त्यहाँ अर्थको पनि प्रतिनिधित्व छ । अर्थले स्रोत, सम्भावना र चुनौतीका आधारमा आफ्ना कुरा राख्छ । अहिले १८ खर्बको सिलिङ त्यो कमिटीले तोकेको जानकारी मलाई छ । सचिवज्यू पनि हाम्रो यहिँ हुनुहुन्छ ।’ अर्थमन्त्री डा. महतले भने ।

उनले बजेटको सिलिङ र त्यसका अन्तरवस्तुबारे प्रधानमन्त्रीसँग निरन्तर संवाद भैरहेको दावी पनि गरे । प्रधानमन्त्रीसँग आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको बताउँदै अर्थमन्त्री डा. महतले भने–प्रधानमन्त्रीज्यूसँग मेरो निरन्तर छलफल र संवाद भैरहेको छ, उहाँसँगको सम्बन्धबारे त अरुलाई भन्दा मलाई थाहा होला नी । हाम्रो बीचमा कुनै समस्या छैन् । बजेटबारे प्रधानमन्त्रीज्यूले पनि आफ्नो कुरा राखिरहनु भएको छ, हामीले पनि आफ्ना कुरा गरिरहेका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्