Shikhar Insurance

काँग्रेस-कम्युनिस्ट र भाजपालाई उछिन्दै ममता बनर्जी तेस्रोपल्ट मुख्यमन्त्री, लिइन् सपथ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १४:५३
NIMB
Nabil Bank

पीटीआई । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन् । उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुन् ।

मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।

तथापी, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी भएका थिए ।

मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताइन् । साथै उनीले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि गरिन् ।

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको त्रिणमुल कङ्ग्रेसले प्रचण्ड बहुमत हासिल गरेको थियो भने भारतीय जनता पार्टीले दोस्रो स्थान हासिल गरेको थियो । तर नन्दीग्रामबाट चुनाव लडेकी भएकी बनर्जी भने भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

पार्टीले बहुमत हासिल गरेपछि तेस्रो पटक मुख्यमन्त्री बनेकी बनर्जीले संविधान बमोजिम छ महिनाभित्र विधानसभा सदस्य हुनु पर्नेछ ।

ममताविरूद्ध काँग्रेस–कम्युनिस्ट गठबन्धन तथा भाजपा लागिपरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्