Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष बन्न चार जनाको आवेदन, को को हुन् ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार २१:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि चार जनाको आवेदन परेको छ ।

श्रोतका अनुसार बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.नबराज अधिकारी र कृष्ण पोखरेलले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठले पनि आवेदन दिएका छन् । उनलाई उप प्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको आड भरोसा छ ।

चापागाईं माओवादी निकट हुन् भने प्रचण्डले नै उनलाई बीमा समिती अध्यक्ष बनाएका थिए । डा. अधिकारी भने बोर्ड कै वरिष्ठतम कार्यकारी निर्देशक हुन् । पोखरेल भने काङ्ग्रेस निकट भनेर चिनिन्छन ।

बोर्डमा अध्यक्षका लागि फागुन ३० गतेसम्म आवेदन दिने समय छ । बोर्डको अध्यक्ष पद पुस २१ गतेदेखि रिक्त छ । अब आउने अध्यक्षले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने भएकाले ब्यवसायीक घरानाहरु आफू अनुकूल पात्रलाई बोर्ड अध्यक्ष बनाउन लागि परेका छन् । नयाँ स्टकका लागि दीपक भट्ट र शंकर ग्रुपको अगुवाइमा हिमालयन स्टक र दीपक तिमल्सिना र उपेन्द्र महतोको अगुवाइमा नेशनल स्टक बिच मूल प्रतिस्पर्धा छ । पछिल्लो समय भने प्रधानमन्त्री प्रचण्डसंगको सम्बन्धका कारण आईएमई ग्रुपका चन्द्र ढकालको भूमिका पनि महत्त्वपूर्ण बनेको छ । यद्यपि ढकालले आफ्नै अगुवाइमा फाइल भने हालेका छैनन् । ढकालले जुन ग्रुपलाई सहयोग गरे सोही ग्रुपले स्टकको लाइसेन्स हात पार्ने बताईन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्