Shikhar Insurance

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सुरु, स्पेयर पार्टसमा ५० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १२:३३
NIMB
Nabil Bank

काठमाडौं ।  एलजीको निस्शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ योजना ल्याएको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अन्तररास्ट्रिय ब्राण्ड एलजीले चैत्र १ गते देखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी नि शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको ए.सीमा नि शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी.साट्न चाहेमा, उक्त पुरानो ए.सीमा बिगतको भन्दा ५० प्रतिशत सम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सीसँग साट्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ। यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।

रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए।सी।को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशत सम्म छुटका साथै नयाँ एलजीको ए.सी.खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै ग्राहकबर्गहरुले नयाँ एसीमा ४ हजार बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन । नयाँ एलजीको ए।सी।हरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्