Shikhar Insurance

व्यवस्था बलियो बनाउन काँग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १४:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए ।

उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए । उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । उनले काँग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेका बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने ‘काँग्रेस एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नु हुँदैन । दुई वटा पार्टी मिल्ने भनेको त्यस्तो विषयमा मिल्ने हो । देशमा संकट आइरहेको छ, एकखालको । व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्