Shikhar Insurance

संकट उन्मुख विकास बैंकहरु, खराब कर्जा २७ प्रतिशत माथी

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १३:०३
NIMB
Nabil Bank

काठमाडौं । विकास बैंकहरुको खराब कर्जामा वृद्धि भएको छ । विकास बैंकको खराब कर्जा २७ प्रतिशत भन्दा बढी पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार केहि विकास बैंकहरुको खराब कर्जा निकै बढेको छ । चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै खराब कर्जा हुने विकास बैंकको पहिलो नम्बरमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । यो बैंकको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नारायणीले ६ महिनामा कुल निक्षेप ५२ करोड ५२ लाख ५४ हजार संकलन गरेको छ । यस्तै ४७ करोड ९० लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९४.५० प्रतिशत कायम छ ।

नेट लिक्वीडीटी २८.६५ प्रतिशत रहँदा वैधानिक तरलता सुविधा (एसएलआर) २४.६७ प्रतिशत छ । आधार दर (बेस रेट) १२ प्रतिशत कायम रहँदा स्प्रेड रेट ५.९६ प्रतिशत छ ।

खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । बैंकको खराब कर्जा १४.१६ प्रतिशत पुगेको हो ।

सबैभन्दा कम एनपीएल हुनेको पहिलो नम्बरमा सिन्धु विकास बैंक रहेको छ । यो बैंकको खराब कर्जा १.०५ प्रतिशत मात्रै छ । यस्तै थोरै एनपीएल हुने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक लिमिटेडको २.५१ प्रतिशत छ । यसैगरी, साइन रेसुङगा डेभलपमेन्ट बैंकको २.६२, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २.७४, गरिमा विकास बैंकको २.९४ प्रतिशत पुगेको छ ।

यस्तै ७ वटा विकास बैंकको एनपीएल ५ प्रतिशत भन्दा तल छ । जसमा ज्योति विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । यसैगरी कमली डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको पाँच प्रतिशत भन्दा कम एनपीएल छ ।

साल्पा विकास बैंकको खराब कर्जा ६.४५ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.४२ र लुम्बीनी विकास बैंकको ३.५५ प्रतिशत छ ।  विकास बैंकहरुको औषत खराब कर्जा नै ३.६१ प्रतिशत पुगेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्