Shikhar Insurance

पानासोनिकले ल्यायो भारी छुटको अफर, १ लाख १३ हजारको एयरकन्डिसनर ८० हजारमै

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १४:११
NIMB
Nabil Bank

काठमाडौं । जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको छ । एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९ सय ९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । पानासोनिक एसिमा पीएम २ं५ फिल्टर रहेको छ, जुन रुमभित्र भएको सानो भन्दा सानो डुस्ट पार्टीकल जस्तै धुवा धुलो सबै फिल्टर गरेर एयर प्युरीफीकेशन गर्छ र रुमको लागि छुटै एयर प्रीफायर किन्न पर्दैन ।

यसमा शिल्ड ब्लु टेक्नोलोजी रहेको छ जसमा एसीको आउटडोर युनिटमा अनिट करोशन कोट गरिएको हुन्छ । यसले एसीमा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट एक्सचेन्जरको लाईफलाई बढाउँछ । यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिनेबताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्