Shikhar Insurance

अर्थ मन्त्रालयमा सह-सचिवहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १४:३७
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू र पार्टी निकट कर्मचारी महत्वपुर्ण निकायमा खटाएका छन् । मन्त्री पुनले आन्तरिक राजस्व विभाग र भन्सार विभाग राजस्व महाशाखा,  बजेट महाशाखामा पार्टी निकट सह-सचिवहरुलाई जिम्मा दिएका हुन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई यसअघि नै मन्त्रालयबाट सरुवा भैसकेका छन् । बरालको स्थानमा मन्त्री पुनले सह-सचिव शिवलाल तिवारीलाई जिम्मा दिएका छन् । तिवारीले यसअघि ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री पुनले सह-सचिव निरौलालाई भन्सार विभागको महानिर्देशकमा पठाएका छन् । मन्त्रालयमा सरुवा भएर आएका मध्ये सह-सचिव नारायण सापकोटा दुबै विभागको महानिर्देशक नबन्ने बताइसकेका छन् ।  उनी यसअघि नै भन्सार विभाग र राजस्व अनुसन्धान विभाग महानिर्देशकको भुमिकामा काम गरिसकेका छन् ।

उनी मन्त्रालयको कुनै महाशाखामा बस्ने छन् । बजेट महाशाखामा रितेश शाक्यले जिम्मेवारी पाएक छन् । यस्तै राजस्व महाशाखाको जिम्मा धनिराम शर्माले पाएका छन् । मन्त्री पुनले सुरुआती चरणमा २ सह-सचिवलाई मन्त्रालयबाट निकालेर तीन सह-सचिवलाई मन्त्रालय भित्र्याएका छन् । मन्त्री पुनले बराल र सह-सचिव अर्जुन भट्टराईलाई मन्त्रालयबाटै सरुवा गरेका हुन् ।

मन्त्रालयले अब धमाधम बजेट निर्माण गर्नुपर्ने बेला हो तर मन्त्री पुनले हालसम्म बजेट टीम समेत निर्माण गर्न सकेका छैनन । फागुन २३ गते मन्त्रालयको जिम्मेवारी लिदैं पार्टी र लाइन नमिल्ने सबै कर्मचारीको सरुवा गर्ने उनले बताइसकेका छन् । मन्त्री पुनले अझै केहि सह-सचिवहरुलाई सरुवा गर्ने तयारी गरिरहेका छन् । मन्त्रालय सहसचिव निकाल्दा अन्य मन्त्रालयको समिकरण समेत मिलाउनु पर्ने भएकाले हालका लागि पाँच जनाको मात्रै सरुवा गरिएको हो ।

पुनले गतवर्षभन्दा २० प्रतिशत बढी राजस्व संकलन गर्ने दाबी गरेका छन् । तर उनले छानेका पात्रबाट भने राजस्व असुली बढ्नेमा शंका उब्जिएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्