Shikhar Insurance

सानिमा बैंकको ६८ हजार कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी दिलिप श्रेष्ठको नाममा रहेको ६८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ५० रुपैयाँ रहेको छ । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेको छ । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यलय नारायणचौर, नक्सालमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्