Shikhar Insurance

‘लुम्बिनी इन्टरनेशलन पिस फेस्टिबल’ चैत २३ र २४ गते हुने

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा ‘लुम्बिनी इन्टरनेशलन पिस फेस्टिबल’ हुने भएको छ । आयोजना गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते हुने भएको हो ।

लुम्बिनी विकास कोषको सदस्यसचिव सानु राजा साक्यले कार्यक्रममा बुद्धले सिकाएको ज्ञानको प्रयोग गर्ने बताएका छन् । उनले भने, ”गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा यो आयोजनाले महत्वपूर्ण सहयोग पुग्ने छ । लुम्बिनीमा विश्वको ध्यान आकर्षण गर्न र पर्यटक बढाउन यो कार्यक्रम आयोजना गरेको हो ।”

Citizen Life
Kumar Bank
Nepal Life

लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा प्रवर्द्धन र स्थान दिनमा यो कार्यक्रम केन्द्रित छ । कार्यक्रमले पर्यटन प्रवर्द्धनका साथै मानवताका लागि शान्तिको सार प्रवर्द्धन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

साथै, कार्यक्रममा म्याराथन प्रतियोगिता पनि हुनेछ । म्याराथनमा प्रथम हुने प्रतिस्पर्धीलाई ५ लाख, दोस्रो हुनेलाई ३ लाख र तेस्रो हुनेलाई २ लाख नगद सहित पुरस्कार प्रदान गर्ने साक्यले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्