Shikhar Insurance

सरकारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्छ : सांसद सुनार

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १४:५४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा प्रदेश सरोकार समयमा बोल्दै उनले पालुङटार विमानस्थल पनि सुचारु गराउन सरकारलाई दबाब दिएका हुन् ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन ढिलाई भएको भन्दै आपत्ति समेत जनाएका हुन् । सांसद सुनारले गण्डकी प्रदेश अन्तर्गत रहेको पोखरा पर्यटकीय नगर हेर्न पनि सबैलाई आग्रह गरे । उनले जडिबुटीको पनि भण्डारको रुपमा रहेको सो प्रदेशको विकासमा लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपन बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

सांसद सुनारले भने ‘गोरखकाली रबर उद्योग र पालुङटार विमानस्थल अहिले बन्द अवस्थामा छन् । त्यसलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन माग गर्दछु ।’

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्