Shikhar Insurance

२५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:२४
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको सातौँ वार्षिक साधारण सभा प्रयोजनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार वैशाख २७ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले जेठ ९ गते अमृतभोग केटरर्स प्रालि, कालिकास्थानमा बस्ने गरी सभा आह्वान गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभाले चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस सेयर र १.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । वोनस सेयर र हकप्रद सेयर निष्काशन पश्चात अधिकृत, जार तथा चुक्ता पूँजी बृद्धि गर्न स्वीकृती गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले चुक्ता पूँजी कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । सर्वसाधारण सेयरधनी समुहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

साथै, वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्