Shikhar Insurance

सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक छ : अध्यक्ष सिंह

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष स्ािंहले यस्तो माग गरेका हुन् ।

उनले सार्वजनिक खरिद ऐन संसदबाट निर्माण उद्योग मैत्री हुनेगरी संशोधन गरी तत्काल पास गर्न आवश्यक रहेको बताए । उनले निर्माण व्यवसायीहरुले लामो समयदेखि धेरै खालका चुनौतिको सामाना गर्दै आएको भन्दै उक्त चुनौति ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीहरुका समस्या समाधान गर्नेमा आफूहरु विश्वस्त रहेको जानकारी दिए । उनले नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर असफल भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको दाबी गरे । उनले सरकारले तत्काल पुँजीगत खर्च वृद्धि गर्न नसकेको विकास निर्माणको कामले थप गति लिन नसक्ने बताए । उनले सरकारले विकास निर्माणका कामलाई दु्रत गतिमा अगाडि बढाउनको लागि पुँजीगत खर्चमा जोड दिनुको विकल्प नभएको बताए । उनले निर्माण उद्योग उद्योगहरुको पनि उद्योग भएको भन्दै राज्यले त्यो रुपमा मान्यता नदिएको गुनासो गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्