Shikhar Insurance

महोत्तरी कारागार भवन जीर्ण

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १७:१८
NIMB
Nabil Bank

महोत्तरी । महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा कारागार दयनीय पाइएको हो ।

समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव र गोमा लाभ सापकोटा, समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागारको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको सांसद यादवले बताईन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सांसद यादवले भनिन्,“कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी÷थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न निकै सकस रहेछ । कोल्टे फेर्न पनि नपाइने गरी कैदी/थुनुवा बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त दयनीय देखियो ।” एक सय ३५ कैदी÷थुनुवा राख्ने क्षमताको कारागारमा अहिले पाँच सय ८४ जना रहेका कारागार प्रशासनले जनाएको छ । केही साता पहिले कैदीथुनुवाको सङ्ख्या ६ सय माथि रहेको अभिलेखले देखाएको उनले बताईन् ।

कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनको कुनै सुविधा छैन । औषधोपचार पनि चाहिएका बेला पाउन नसकिएको कैदी÷थुनुवाले बताएका सांसद यादवको भनाइ छ । पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइ जोखिमपूर्ण देखिएको अर्का सदस्य सापकोटाले बताए । विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा निर्माण गरिएको भवनमा कारागार सञ्चालन छ ।

“जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन्, कतै छतको प्लास्टर उप्किएर झर्दो रहेछ छ । जतिखेर पनि कैदी/थुनुवा त्रासमा रहने गरेका पाइयो” उनले बताए । सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने सांसद सापकोटा बताउँछन् ।

कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि पालो पर्खनु पर्छ । सरसफाइको कमीले अधिकांश कैदी÷थुनुवामा चर्मरोगको समस्या छ । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी÷थुनुवा बढेका कारागार प्रशासनले जनाएको छ । कूल कैदी÷थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्