Shikhar Insurance

‘ग्लोबल मनि विक’मा ‘नमस्ते पे’ द्वारा वित्तीय साक्षरता कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । ‘नमस्ते पे’ ले ‘ग्लोबल मनि विक-२०२४’ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ‘नमस्ते पे’ ले मार्च १८ गतेदेखि २४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम सम्पन्न गरेको हो ।

‘नमस्ते पे’ ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्ने भन्ने बारे भिडियो तयार गरी स्टडी मेटिरीयल नामको युट्युब च्यानलमा सार्वजनिक गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नमस्ते पे’ ले विभिन्न कलेजहरुमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो । कार्यक्रमबाट युवाहरुले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरुबारे सिक्ने मौका पाएको ‘नमस्ते पे’ ले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्