Shikhar Insurance

उतार चढाव पूर्ण बजारमा १२ कम्पनीका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । उतार चढाव पूर्ण बुधबारको सेयर बजारमा तीन कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । घट्ने र बढ्ने क्रम दिनभर चलेको बजार बुधबार ०.५६ अंकले बढेर बन्द भयो । बुधबार २१५ कम्पनीको एक करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँमा किनबेच भयो ।

विकास बैंक, हाइड्रो पावर, फाइनान्स, नन लाइफ, म्यानुफ्याकचरिङ, म्युचुअल फण्ड र इन्भेष्टमन्ट सब इण्डेक्सले बजारलाई जोगाएको हो । अन्य सब इण्डेक्सहरु भने रातै भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार नारायणी डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र बोटलर्स नेपाल तराई लगायतका १२ वटा कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी तीन कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले बढेको छ ।

बिशाल बजार कम्पनीको ९.९९ तथा रुरु जलविद्युत कम्पनीको ९.९७ प्रतिशतले मूल्य बढेको छ । समता लघुवित्तको ९.९६ प्रतिशत, युनियन हाइड्रो पावरको ९.९४ प्रतिशत, खानीखोला हाइड्रो पावरको ९.९४ प्रतिशत, एनआरएनको ९.९१ प्रतिशत, दिव्यश्वरी हाइड्रो ९.६७, युनिलिभर ९.६१ र जोशी हाइड्रो पावरको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्