Shikhar Insurance

वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार, पुर्वमन्त्री सचिवसहित ३२ जना विरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले पुर्वमन्त्री, पुर्वसचिव सहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले प्रतिवादीहरुसँग बिगो जरिवाना र कैद सजाय समेत माग गरेको छ । आयोगले पुर्व पर्यटनमन्त्री जीवनबहादूर शाही, नेपाल वायुसेवा निगमका पुर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पुर्व पर्यटन सचिव शंकर अधिकारीलाई मुख्य प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै सहसचिव बुद्धिसागर लामिछाने, पुर्व अर्थ सचिव शिशिर ढुङगानालाई पनि प्रतिपक्षि बनाएको छ । यी प्रतिपक्षिसँग १ अर्ब ७४ करोड बिगो मागदाबी गरिएको छ ।

मुद्दा दर्ता भएको बारे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०—२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताए ।

उनले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताए ।  जसमा २४ जना नेपाली र ८ जना विदेशी रहेको बताए । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको बताए ।

सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरि मुद्दा दर्ता गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्