Shikhar Insurance

सर्लाहीको सडक कालोपत्रे शुरु

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १२:४५
NIMB
Nabil Bank

सर्लाही । भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ । भारत सरकारको ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडक निर्माण आरम्भ गरेपछि निर्माणको काम सुरु भएको हो । ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगमा सो सडक कालोपत्रे हुने भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सडक कालोपत्रेका लागि भारतीय दूतावास काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्