Shikhar Insurance

आईएमई लाइफकाे चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र २६, सोमबार ११:४३
NIMB
Nabil Bank

काठमाडौं । आईएमई. लाईफ इन्स्योरेन्सले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुिक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार चौलागाईलाई नियुक्त गरेको छ ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटि∙ अफिसरको रुपमा नियुक्त भएका हुन् । नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्