Shikhar Insurance

साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी छ: सहकारीमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १६:३२
NIMB
Nabil Bank

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताएका छन् । मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विद्युतीय बसहरु सञ्चालनमा ल्याएर जनतालाई सुविधा दिने र संस्थालाई नाफामा चलाउने उद्देश्य राख्नुपर्ने बताए ।

उनले साझा सबैको सहयोग र भावनाबाट चल्ने भएपनि अब संस्थालाई नाफामा लैजाने र अरुलाई उदाहरण देखाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले विद्युतीय सवारी साधनमा यात्रा गर्ने यात्रुलाई सहजता हुनेगरी चार्जिङ स्टेशनको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने,‘ हरेक कुरामा सुविधा पु¥याउने संस्थालाई नाफामा चलाउने पनि उद्देश्य हो । साझा भनेको सबैको सहयोग र भावनाबाट हुन्छ । त्यसलाई यही परिचालन गरेर संस्थालाई नाफामा लैजाने र अरुलाई उदाहरण देखाउने पनि हो । यो कुरामा पनि हाम्रो ध्यान जान जरुरी छ । त्यस्तो भएन भने फेरि अर्को समस्या आउँछ । वितृष्णा जाग्न सक्छ र हामी फेरि सञ्चालन गर्न नसक्ने हुन्छौं । कति पय सञ्चालकको कमी,पूर्वाधारको कमीले समस्या आएका छन् । त्यस्ता समस्यालाई पुनःविचार गरेर समाधान गनुपछ । चार्जिङ स्टेशनमा चार्जगर्दा १ घण्टा भन्दा बढी बस्नुपर्ने अवस्था छ । त्यसकारण यात्राहरुको सहजतालाई हेर्नुपर्छ । साझा यातायातले पनि त्यो कुरालाई खाल गर्नुपर्छ । साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने र स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गर्नु आवश्यक छ ।’

उनले साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मन्त्रालय मात्रै नभएर स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्