Shikhar Insurance

सलिकोले ४ दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले बीमा अभिकर्ताको आधारभूत तालिम वैशाख ११ गतेदेखि १४ गतेसम्म संचालन गर्ने भएको छ ।

सलिकोमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै कम्पनीले ४ दिने अभिकर्ताको तालिम संचालन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले तालिम पोखरा शाखा कार्यालमा आउदो वैशाख ११ गतेदेखि १४ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्न लागेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

इच्छुक व्यक्तिहरुको न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता हुन पाउनेछन् ।

तालिममा ३० जनाभन्दा बढी सहभागी संख्या समावेश गराउन नसकिने भएकाले पहिलो दर्ता हुन आएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

साथै, योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सहभागी हुन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्