Shikhar Insurance

२० बाणिज्य बैंकले ८ महिनामा कमाए ४२ अर्ब नाफा, पहिलो नम्बरमा नबिल अरूको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १४:१०
NIMB
Nabil Bank

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले आठ महिनामा ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार २० बाणिज्य बैंकहरुले सो मात्रामा नाफा आर्जन गरेका हुन् ।

२० मध्ये ८ महिनामा सबै भन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले यो अवधीमा ४ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । दोश्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ, ग्लोबलले आठ महिनामा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरि तेश्रो धेरै नाफा कमाउने बैंकको स्थान कब्जा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय बाणिज्य बैंकले आठ महिनामा २ अर्व ८७ करोड कमाएर चौथो स्थानमा रहको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्व ८० करोड कमाएको छ भने एनआईसी एशिया बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्रभु बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकले १ अर्व ९७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ कमाउँदा एनएमबि बैंकले एक अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले एक अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, कुमारी बैंकले एक अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नेपाल बैंकले एक अर्ब २८ करोड रुपैयाँ नाफा जोड्दा स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंकले एक अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्व रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले १ अर्व ८२ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले १ अर्व २२ करोड रुपैयाँ नाफा जोड्न सफल भएको छ । माछापुच्छ्रे बैंकले १ अर्व १६ करोड रुपैयाँ रुपैयाँ जोडेको छ । सिद्धार्थ बैंकले भने १ अर्व ६९ करोड रुपैयाँ नाफा जोडेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्