मेडिकल अक्सिजन उत्पादन गर्ने सजिला तरिकाहरू (कसरी काम गर्छन् ? खर्च कति लाग्छ ?)

शिवहरी आचार्य
२०७८ बैशाख ३१, शुक्रबार १०:२०

प्राणवायु समेत भनेर चिनिने अक्सिजन हावामा करिब २०.९६ प्रतिशत हुन्छ। यसै अक्सिजनलाई हामीले स्वासप्रश्वास प्रक्रियामार्फत लिन्छौं र हामी जीवत रहन्छौं । हामीले खाएको खानालाई शक्तिमा बदल्न अक्सिजन नभई हुँदैन। अक्सिजनको प्रमुख प्राकृतिक स्रोत हावा हो जुन प्रमुख रुपमा बोटविरुवामार्फत प्राप्त हुन्छ। जब हामीलाई स्वास फेर्न गाह्रो हुन्छ तब हामी अक्सिजन कमी भयो भनेर भन्छौं, यस्तो अवस्थामा हामी कृत्रिम रुपमा अक्सिजन लिन्छौं, जुन अक्सिजन उद्योगमा मेडिकल अक्सिजनको रुपमा उत्पादन भएको हुन्छ अथवा अक्सिजन कन्सन्ट्रेटरमार्फत प्राप्त हुन्छ ।

अक्सिजन हाम्रो लागी जति महत्वपूर्ण छ तर उत्पादन गर्ने विधि त्यति गाह्रो र महङ्गो भने छैन। मेडिकल अक्सिजन मुख्य तथा दुई प्रक्रियामार्फत उत्पादन गरिन्छः-

१) Air Seperation अथवा Fractional Distillation of Air by Cryogenic Air Separation process

२) Chemical and Electrolysis Process

यी दुवै विधिमध्ये सबैभन्दा धेरै प्रयोगमा रहेको विधि Air Seperation विधि हो। यस विधिमा हावालाई एउटा ठूलो Air Compressor मार्फत फिल्टरमा पठाइन्छ जहाँ धुलो र पानीका कण छुट्टिई हावा शुद्व हुन्छ। उक्त शुद्व हावालाई करिव ६.५ वायुमण्डली दबाबमा Cryogenic Tank मा पठाई करिब –186 डिग्री सेन्टिग्रेटमा चिसो बनाईन्छ । उक्त तापक्रममा पहिले अक्सिजन र त्यसपछि आर्गन तरल अवस्थामा बदलिन्छ र नाइट्रोजनबाट छुट्टिन्छ । उक्त तरल अक्सिजन र आर्गनलाई Low Pressure Distillation Column मा Fractional Distillation विधि मार्फत शुद्ध अक्सिजन छुट्टाई अक्सिजन सिलिन्डरमा भरिन्छ । यस्ता उधोग निर्माण गर्न उत्पादन क्षमता अनुसार करिब ७० लाख भारु देखि २ करोड भारु सम्म पर्छ।

यस्तै Pressure Swing Adsorption बाट पनि Medical Oxygen उत्पादन गर्न सकिन्छ । यो प्रक्रियाबाट वायुमण्डलबाट अक्सिजन उत्पादन गर्न सकिन्छ । यो प्रक्रियाले हावामा भएको नाइट्रोजन सोस्छ र अक्सिजनमात्र लिन्छ । अस्पतालले आफूलाई आवश्यक प्लान्ट ९ फिटमा राख्न सक्छन् । भारत सरकारले यस्तो प्लान्ट राख्न २ अर्ब भारू विनियोजन गरेको छ । (भरत रेग्मी, नेपाल आयल निगम)

अक्सिजन कन्सन्ट्रेटर

सानो मात्रामा करिब ४०–४५ प्रतिशत शुद्व अक्सिजन उत्पादन गर्ने बोकेर हिँड्न मिल्ने विद्युतीय मेसिनलाई अक्सिजन कन्सन्ट्रेटर भनिन्छ । यस्ता मेसिनलाई निरन्तर विद्युतको आवश्यकता पर्छ । यी मेसिनहरुले हावामा भएको अक्सिजनलाई Membrane Filter अथवा Molecular Sieve मार्फत हावाबाट अक्सिजन छुट्टाई घनत्व बढाई supply गर्दछन् । Membrane Filter मार्फत करिब ४० देखि ४५ प्रतिशत अक्सिजन प्राप्त गर्न सकिन्छ भने Molecular Sieve मार्फत करिब 95 प्रतिशत सम्म शुद्व अक्सिजन प्राप्त गर्न सकिन्छ । हालको भारतीय बजारमा यस्ता अक्सिजन कन्सन्ट्रेटर करिब १५ हजार देखि ६५ हजार भारु सम्ममा पाइन्छ ।

(आचार्य नेपाल आयल निगममा प्रविधिक अधिकृतका रूपमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्