Shikhar Insurance

दाङमा पर्यटकको चहलपहल घटेपछि होटेल व्यवसायीलाई भाडा तिर्न समस्या

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १४:१६
NIMB
Nabil Bank

तुलसीपुर । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीले बताएका हुन् ।

“होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन् । व्यवसायी पलायन हुने अवस्थामा छ”उनले भने । होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गरे । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने,“होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो । यसमा राज्यले चासो दिनुपर्छ ।” पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ ।

“धेरै होटेल व्यवसायी पलाइन भइसके । अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन” बस्नेतले बताए । दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए ।

दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्