Shikhar Insurance

ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १६:०३
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका यो योजना सार्वजनिक गरेको हो ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको बैंकले जानकारी दिएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २ सय १० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्