Shikhar Insurance

प्रभु बैंकले पोखरामा खोल्यो नयाँ शाखा, वैशाख ३ गतेदेखि सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले ३०२ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा शाखा खोली वैशाख ३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंकको हालसम्म नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्