Shikhar Insurance

फाइनान्स कम्पनीका ऋणीहरुलाई जरिवाना छुट

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १९:५१
NIMB
Nabil Bank

काठमाडौं । फाइनान्स कम्पनीका ऋणीहरुले निषेधाज्ञा अवधीको साँवा र ब्याजमा लाग्ने जरिवाना छुट पाउने भएका छन् । नेपाल वित्तिय संस्था संघले शुक्रबार आफ्ना ऋणीहरुलाई समयमै साँवा तथा ब्याजको किस्ता नतिरे वापत लाग्ने जरिवाना छुट दिने निर्णय गरेको हो ।

‘हामी ऋणीहरुले निषेधाज्ञा अवधीको जरिवाना छुट पाउनेछन्, ऋणीहरुको हित संरक्षणका लागि यो निर्णय गरेका हौं’, संघका अध्यक्ष सरोजकाजी तुलाधरले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

फाइनान्स कम्पनीहरुले निषेधाज्ञा आरम्भ भएदेखि निषेधाज्ञा समाप्त भएको १५ दिनपछि अवधीसम्मको जरिवाना नलिने निर्णय गरेका हुन् । फाइनान्स कम्पनीहरुले किस्ता तिर्न ढिला हुँदा २ प्रतिशत जरिवाना लिने गर्थे । त्यस्तो जरिवानाबाट अब ऋणीहरुले छुटकारा पाएका हुन् ।

बिहिबार मात्रै माइक्रोफाइनान्स कम्पनीहरुले ब्याज छुट दिने निर्णय गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्