Shikhar Insurance

इरानमाथी इजरायलको शक्तिशाली ड्रोन आक्रमण, तेस्रो विश्वयुद्ध सुरु हुने संकेत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०९:४३
NIMB
Nabil Bank

काठमाडौं । इरानमाथी इजरायलले आक्रमण सुरु गरेको छ । शुक्रबार बिहान इजरायलले इरानमाथी जवाफ कारबाही सुरु गरेको हो ।

इजरालको २ शक्तिशाली मिसाइल इरानमा विस्फोट भएको अमेरिकी संचार माध्यम सीएनएनले जनाएको छ । केही दिन अघि इरानले इजरायलमाथी ३ सय ड्रोन, क्रुज मिसाइल, ब्यालेष्टिक मिसाइल आक्रमण गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोको जवाफमा इजरायलले जवाफी कारबाही सुरु गरेको हो । इजलरायलले गर्ने कुनैपनि कारबाहीमा अमेरिका सहभागी नहुने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताइसकेका छन् । तर इजरायलको वार क्याबिनेटले अन्य देशको संयम अपनाउने विषयको बेवास्था गर्दै प्रतिकारमा उत्रिएको हो ।

इरानी सेनाले पनि इजरायललाई तत्कालै आक्रमण गर्ने र सो आक्रमण भिषण हुने जनाएको छ ।

बिहिबार मात्रै युक्रेनका प्रधानमन्त्री डेनिस स्यामुयलले युक्रेनले रसियालाई रोक्न नसके तेस्रो विश्वयुद्ध सुरु हुने चेतावनी दिएका थिए ।  उनले विश्व समुदायसँग सहयोगको पनि अपिल गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्