Shikhar Insurance

नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १०:१६
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले चैत्र मसान्त सम्ममा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ देखिएको हो । विवरण अनुसार बैंकको नाफामा गत वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले संकुचन आएको हो । गत आवको चेत्र मसान्त सम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । विवरण अनुसार बैंकको नाफा गत आवको सोहि अवधिको तुलनामा ८ दशमलव ७६ प्रतिशतले घटेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भई १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि समयमा भने १२ अर्ब १० करोड ११ लाख रुपैयाँ रहेको थियो । ब्याज आम्दानीमा ३ दशमलव ७२ प्रतिशतले वृद्धि भएपनि बैंकको खुद नाफा भने घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा समेत सामान्य गिरावट आएको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । जुन गत आवको सोहि अवधिमा भने २५ रुपैयाँ २१ पैसा रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्