Shikhar Insurance

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला १ लाख ३९ हजार ३ सय

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड राखेको छ । शुक्रबार छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम राखेको हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्