Shikhar Insurance

३ करोड लागतमा बेनीमा कृषि बजारको भवन निर्माण सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:२१
NIMB
Nabil Bank

म्याग्दी । जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले ३ करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिए । “सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको छ । आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो । एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्