Shikhar Insurance

डिशहोमले ल्यायो ‘जति पैसाको रिचार्ज उतिनै पैसा वोनस’ अफर

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १२:१८
NIMB
Nabil Bank

काठमाडौं । डिशहोम डिटिएचले ३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरुलाई लक्षित गरी इक योजना सार्वजनिक गरेको छ । डिशहोम डिटिएचले ग्राहकहरुले जति रकम रिचार्ज गर्यो त्यति नै रकम वोनस स्वरुप प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।

ग्राहकहरुले डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले ४ सयको रिचार्ज गर्दा ४ सय, २ हजारको रिचार्ज गर्दा २ हजार नै वोनस प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ । यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्र्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्