Shikhar Insurance

८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बिहीबार सिरिञ्ज उद्योगको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरे । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिञ्ज बिक्रीवितरण समेत सुरु भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा.लि.का अध्यक्ष राणाले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् । उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिञ्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताइन् ।  नेपालमा वार्षिका रुपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाख भन्दा बढीको सिरिञ्ज आयात भएको देखिएको उनको भनाइ रहेको छ । उनले एक वर्षका ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुले दुःख पाइरहेको बताइन् । अध्यक्ष राणाले तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताइन् ।

उनले फरच्युना सिरिञ्ज उत्पादनको गुणस्तरणमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाइन् । अध्यक्ष राणाले मुलुकमा आवश्यक हुने सिरिञ्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी गरीन् । विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिञ्ज उत्पादन गरिएको बताइन् । फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिञ्जले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट समेत मान्यता लिइसकेको उनको भनाइ रहेको छ । उनले नेपालमा गुणस्तरीय सिरिञ्ज उत्पादन भएपछि कम गुणस्तरका उपकरणहरु आयातमा राज्यले प्रतिवन्ध लगाउनुपर्ने माग गरिन् । उनले कोभिड १९ अघि (सन् २०१९)देखि उद्योग सञ्चालन तयारी भएपनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको बताइन् । उनले नेपालभर सिरिञ्ज बिक्री वितरण गर्ने भएकाले रोजगारी संख्या अझै थपिँदै जाने विश्वास लिएको उल्लेख गरिन् ।

उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । उद्योगले अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाएको छ । कम्पनीले सिरिञ्ज उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जी.एम.पी.मा आधारित रहेर आइइसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको जनाएको छ ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्