Shikhar Insurance

तनहुँमा खुला व्यायमशाला निर्माण कार्य सुरु, वडा कार्यालयद्धारा १० लाख बजेट

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १६:४१
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायमशाला निर्माण सुरु गरिएको छ । नागरिकलाई स्वस्थ राख्न बिहान र बेलुकाको समयमा कसरत गर्न सहज बनाउने उद्देश्यले व्यायमशाला निर्माण गर्न लागिएको हो ।

व्यास नगरपालिका–३ नं वडा कार्यालयले व्यायमशालाका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । उनका अनुसार लेग प्रेस, सेट अफ बोर्ड, सिटिनिङ ट्वीस्टर, डबल स्किनिङलगायत सोह्र किसिमका व्यायमका सामग्री खरिद गरी ल्याइसकिएको छ । सेती र मादी नदीको सङ्गमस्थल क्षेत्रमा बिहान र बेलुकाका समयमा सयौँ मानिसले पैदल हिँड्ने र शारीरिक अभ्यास गर्दै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यायमशाला क्षेत्रलाई तारबार गरी संरक्षण गरिनुका साथै सिसी क्यामेरा जडान र बिमा गर्ने योजना रहेको वडाध्यक्ष अनुप रानाले बताए । ‘चाँडै व्यायमशाला सञ्चालनमा ल्याउने गरी निर्माणकार्य भइरहेको छ’ उनले भने ‘व्यायमशालमा कुनै शुल्क लाग्दैन, जो व्यक्ति गएर पनि व्यायम गर्न सक्नेछन् ।’ उक्त मेसिन स्वचालित नभई व्यक्ति आफैँले चलाउनुपर्ने किसिमका रहेको सो वडा कार्यालयले जनाएको छ ।

वडाद्वारा नाला सफाइ

त्यसैगरी वडा कार्यालयले यसवर्ष ९ सय २२ मिटर नाला सफाइ गरेको छ । उक्त वडामा रहेका नौ वटा टोल विकास संस्थामध्ये यसवर्ष चार वटा टोल क्षेत्रमा नाला सफाइ गरिएको हो । यस वर्ष तरकारी लाइन, सत्यवती परिसर मार्ग, शान्तिनगर र देउराली नगर क्षेत्रका नालामा सफाइ गरिएको वडा सदस्य घिमिरेले जानकारी दिए । नाला जाम भएर, दुर्गन्ध बढेको गुनासो वडामा आएपछि वडाले बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराइएको उनले बताए ।

व्यास नगरपालिकाको सेफ्टी टयाङ्कीमार्फत नालामा जम्मा भएको दूषित पानी तानेर फालिएको र अरु ठोसवस्तु भएको फोहर उपभोक्ता समितिमार्फत काम कामदार लगाएर व्यवस्थापन गरिएको छ । व्यास नगरपालिकाबाट नाला सरसफाइका लागि रु तीन लाख विनियोजन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्