Shikhar Insurance

वैदेशिक लगानी भित्र्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १४:५८
NIMB
Nabil Bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सम्झौता भएको हो ।

चीनको लागी नेपालका राजदुत श्री विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ। सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्