Shikhar Insurance

सत्तामा ओली निरन्तरता, महन्थ प्रधानमन्त्री वा पुनः संसद बिघटन ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार ०९:००
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले संबिधानको धारा ६६को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दावी पेश गर्न दिएको समय आज साँझ पाँच बजे समाप्त हुँदैछ । अब नेपाली राजनीतिमा नाटकिय परिवर्तन नभएमा तीन विकल्प देखिएका छन् । पहिलो विकल्प भनेको सिंगो जनता समाजवादी पार्टीले ओली सरकारलाई समर्थन दिईरहने र ओली सरकार कायमै हुने । यसका लागि पनि एमालेको माधव नेपाल पक्षले ओलीलाई साथ दिईरहनुपर्छ ।

अर्काे विकल्प भनेको ओलीको समर्थनमा महन्थ ठाकुरको नेतृत्वमा नयाँ सरकार गठन गर्ने । यसका लागि पनि माधव नेपालहरुले ओलीलाई सहयोग गर्नुपर्ने हुन्छ र सिंगो जसपामा एकमत हुनु आवश्यक छ । अर्काे विकल्प भनेको आजको आजै माधव नेपाल समुहले सांसद पदबाट राजीनामा गरेर कुल देउवा वा ठाकुरको नेतृत्वमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु पर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ओली इतरको गठबन्धन सरकार बन्ने सम्भावना न्युन बन्दै गएपछि आजै पुनः संसद बिघटन भएर पुनः निर्वाचन घोषणा हुने सम्भावना बढेको छ ।
त्यसो त देशले पहिलो मधेशी मुलका नेपाली नागरिकलाई प्रधानमन्त्री पाउने सम्भावना पनि जिवितै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्