Shikhar Insurance

कोभिडसँग लड्न अस्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ दिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । अस्ट्रेलियाले नेपाललाई ७ मिलियन अस्ट्रेलियन डलर आर्थिक सहयोग गर्ने भएको छ । अस्ट्रेलियाले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई ६३ करोड ५० लाख रुपैयाँ सहायता दिने भएको हो ।

यो रकम अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकहरु बंगलादेश, नेपाल र श्रीलंकलाई कोभिडविरुद्ध थप सशक्त बन्न गरेको साढे १७ मिलियन अस्ट्रेलियन डलरको हिस्सा हो । तीन देशमध्ये सबैभन्दा बढी सहयोग नेपालले पाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्ट्रेलियाको सहयोगले नेपालको कोभिडविरुद्ध लड्ने क्षमता विस्तार हुने विश्वास अस्ट्रेलियाले लिएको छ । यो आर्थिक सहयोग अक्सिजन, पीपीईलगायत कोभिडविरुद्ध लड्ने अत्यावश्यक सामाग्री खरिदमा उपयोग हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्