Shikhar Insurance

उपत्यकाको निषेधाज्ञा २० गतेसम्म थपियो, किराना पसल खोल्न नपाइने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १७:३४
NIMB
Nabil Bank

काठमाडौं । उपत्यका लाग्दै आएको निषेधाज्ञा एक साता थपिएको छ । अब उपत्यकाका तीन जिल्लामा जेठ २० गतेसम्म निषेधाज्ञा कायम रहनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब भने किराना पसलहरु पनि खोल्न पाइने छैन् । नागरिकहरुलाई अनावश्यक हिडडुल गर्न पनि रोक लगाईएको छ । उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईँदै आएको छ । कोरोना संक्रमणको दरमा खासै कमी नआएपछि निषेधाज्ञा लम्ब्याईएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्