Shikhar Insurance

एनआईसी एशियाको डलर कार्ड लिन अनलाइबाटै आवेदन दिन मिल्ने, शुल्क ३५० रुपैयाँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १८:५१
NIMB
Nabil Bank

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले प्रिपेड डलर कार्ड लिन अनलाईनमार्फत आवेदन दिन सकिने भएको छ । बैंकले विदेशीमा गरिने भुक्तानी स्वदेशबाटै गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको हो ।

यो जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भिसा नेटवर्कमा आधारित हुने कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकले सेल्फ हेल्प बैंकिङ प्लेटफर्म आईसर्भ भित्र सर्भिसमा क्लिक गरी डलर कार्ड रिक्वेस्ट गर्न सकिन्छ । त्यहाँ गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आईडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुन्छ र उक्त ओटीपी राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिन्छ । त्यसपछि आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सकिन्छ । यो कार्ड सुविधा लिन बैंकले ३ सय ५० रुपैयाँ शुल्क लिनेछ ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका २७ लाख ग्राहक छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्