Shikhar Insurance

लगानीकर्ताहरुको एउटै स्वरः नयाँ नीतिले पुँजी बजारलाई अस्थिर र असन्तुलित बनाउँछ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजार सम्वद्ध लगानीकर्ता संगठनहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रेश्रो त्रैमासिक समिक्षापछि जारी गरेको सर्कुलरले पुँजी बजारलाई अस्थिर र असन्तुलित बनाउने निष्कर्ष निकालेका छन् । लगानीकता सम्वद्ध चार वटा संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र बोर्ड, लगानीकर्ताहरुसँग सल्लाह नगरि जारी गरिएको सर्कुलरले पुँजी बजारलाई अस्थिर असन्तुलित बनाउने बताएका हुन् ।

‘भर्खर वामे सर्दै गरेको नेपालको पुँजीबजारलाई अस्थिर र असन्तुलन बनाउनुका साथै जारी गरिने निर्देशनहरूले उक्त संस्थाको गरिमा,विश्वसनीयता र मर्यादामा आँच आउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन ।’, चार संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी र सेयर लगानीकर्ता दबाव समुहका संयोजक हरि ढकालले बजार अस्थिर र असन्तुलित हुने बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्