Shikhar Insurance

घाटा थेग्नै नसक्ने भएपछि बढ्यो तेलको मुल्य, पेट्रोल अब प्रतिलिटर  १ सय २५ रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार २०:१३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले फेरि तेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार रातिलेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

१५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई १५ दिनमा करिब ६० करोड घाटा छ जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रूपैयाँ घाटा हुने देखिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्